सहायता (#11083)

हे परमपूज्य ! तिम्रो मुखाकृति मेरो आराधनाको केन्द्रविन्दु हो, तिम्रो सौन्दर्य मेरो शरणस्थल हो, तिम्रो वासस्थान मेरो अन्तिम लक्ष्य हो, तिम्रो प्रशंसा मेरो आशा हो, तिम्रो दिव्य विधान मेरो सहयोगी हो, तिम्रो प्रेम मेरो अस्तित्वको आदितत्व हो, तिम्रो चर्चा मेरो सान्त्वना हो, तिम्रो निकटता मेरो इच्छा हो, तिम्रो उपस्थिति मेरो सर्वप्रिय अभिलाषा र सर्वोच्च आकांक्षा हो  । म तिमीसित याचना गर्दछु कि मलाई ती वस्तुहरूबाट वञ्चित नगराऊ जुन वस्तुहरू तिमीले आफ्ना चुनिएका सेवकहरूको लागि निर्धारित गरेका छौ । तसर्थ यस लोक र परलोक दुवैमा कल्याण हुने वस्तुहरू मेरा लागि आपूर्ति गरिदेऊ । तिमी साँच्चै नै, सबै मानिसहरूका अधिपति हौ । सदा क्षमाशील, सर्व–दयालु तिमीबाहके अर्को  ईश्वर छनै ।

-Bahá'u'lláh
-----------------------

सहायता (#11084)

मेरा प्रभु, मेरा परमप्रिय, मेरा सम्राट्, मेरा चाहना ! तिमीप्रतिको मेरो कृतज्ञतालाई कुन वाणीले व्यक्त गर्न सक्ला ? म असावधान थिएँ, तिमीले मलाई सचेत गरायौ । म तिमीबाट विमुख थिएँ, तिमीले कृपापूर्वक मलाई तिमीतिर अभिमुख हुन सहायता गर्यौ । म मरेतुल्य थिएँ, तिमीले मलाई जीवन दायिनी जलद्वारा संजीवित गरायौ । म ओइलाएको थिएँ, तिमीले सर्व–करुणामय प्रभुको वाणीबाट प्रवाहित भएको दिव्य सरिताको जलले मलाई पुनर्जीवित गरायौ । 

हे दिव्य सभांरर्कता ! सारा सृष्टि  तिम्रै  अनुग्रहको उपज हो; त्यसलाई तिम्रो अनुकम्पाको जलबाट वञ्चित नगराऊ, न त त्यसलाई तिम्रो करुणाको सागरबाट नै परराख । सधैं  र सबै परिस्थितिमा मलाई सहायता गर्न म तिमीसँग याचना गर्दछु र तिम्रो कृपाको स्वर्गबाट तिम्रो पुरातन प्रेम प्राप्त गर्ने चाहना गर्दछ । तिमी निश्चय नै दयाका प्रभु र सदाकालस्थायी अधिराज्यका सम्राट हौ ।

-Bahá'u'lláh
-----------------------

सहायता (#11102)

भन, ईश्वर सर्वोपरि छन् र सारा वस्तुहरू भन्दा पर्याप्त छन् । स्वर्गलोक र पृथ्वीतलमा भएको कुनै पनि वस्तु उनी बिना अपूर्ण छ । निश्चय नै, उनी स्वयं ज्ञाता, पालनहारा तथा सर्व–शक्तिमान् छन् ।

-The Báb
-----------------------

सहायता (#11085)

हे मेरा गौरवमय प्रभु ! प्रत्येक अनियमित प्रवृत्तिबाट टाढा रहन मलाई सहायता गर; प्रत्येक विद्रोही मनोवृत्तिलाई वशमा राख्न मेरा आचरणका उद्देश्यहरूलाई स्वच्छ बनाउन, कुनै पनि क्रोधोत्पादक उत्तेजनाले खलबलाउन नसक्ने नम्रता प्राप्त गर्न; त्यस्तो धैर्य धारण गर्न जसलाई कुनै पनि व्याधिले रोक्न सक्तैन; त्यस्तो अखण्ड दृढता जसलाई कुनै प्रकारको स्वार्थले कम्पित पार्न सक्तैन; ताकि म तिम्रो सेवा गर्न र तिम्रो शब्दको प्रचार गर्न योग्य बन्नेछु ।

-`Abdu'l-Bahá
-----------------------

सहायता (#11086)

प्रभु ! हामी अति दीन छौं, हामीलाई  तिम्रो अनुग्रह पद्रान गर; गरिब छौं, तिम्रो सम्पत्तिको  सागरबाट एउटा सानो अशं दऊे, दरिद्र छौं, हामीलाई तृप्त गरिदेऊ; अपमानित छौं, हामीलाई तिम्रो गारैव दऊे । हावाका पक्षीहरू र जमीनका पशुहरूले तिमीबाट प्रत्येक दिन आफ्नो खुराक पाएका छन् तथा सबै प्राणीहरूले तिम्रो हेरचाह र विपुल दयाको भण्डारबाट आफ्नो भाग लिएका छन् । यो असहायलाई तिम्रो अपूर्व दयाबाट वञ्चित नराख र तिम्रो सामथ्र्यद्वारा निःसहाय आत्मालाई तिम्रो कृपा निर्दिष्टगरिदेऊ । हामीलाई हाम्रा दैनिक खुराकको व्यवस्था गरिदेऊ र जीवनका थप आवश्यकताहरू परिपूर्ति गरिदेऊ ताकि तिमीबाहेक अन्य कोहीमाथि हामी आश्रित रहन नपरोस्, पूर्णरूपले  तिमीसगँ सम्पर्क  राख्न सकौं, तिम्रो मार्गमा हिंडन् सकौं र तिम्रा रहस्यहरूको  घोषणा गर्न सकौं । तिमी नै सर्व–शक्तिमान् तथा मायालु र सम्पूर्ण मानव–जातिका संभारकर्ता हौ ।

-`Abdu'l-Bahá
-----------------------

सहायता (#11087)

हे प्रभु ! त्यो भोजको उत्सवलाई बन्द नगर जसलाई तिम्रो नामको लागि फै लाइएको छ र त्यो प्रज्ज्वलित ज्वालालाई ननिभाऊ जुन तिम्रो कहिल्यै ननिभ्ने आगोद्वारा सल्काइएको छ । तिम्रो जीवन सरितालाई प्रवाहित हुनबाट नरोक जसले तिम्रो गौरव र तिम्रो सम्झनाको मधुर आलाप गुन्गुनाई रहेको छ र तिम्रा सेवकहरूलाई तिम्रो स्वादिष्ट र सुगन्धयुक्त महकबाट वञ्चित नगराऊ जनु तिम्रो प्रेमको सुवासबाट फैलिरहेको छ । हे स्वामी ! तिम्रा पवित्रजनलाई सताउने दुःखहरूलाई सुखमा, तिनका अप्ठ्याराहरूलाई सुविस्तामा, तिनका अपमानहरूलाई गारैवमा, तिनका शोकहरूलाई  हर्षोल्लासमा परिणत गरिदेऊ, हे तिमी जो सारा मानवजातिको बागडोरलाई आफ्नो हातमा राख्नेवाला हौ । वस्तुतः तिमी एक छौ, अद्वितीय, सर्व–शक्तिमान्, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् ।

-`Abdu'l-Bahá
-----------------------

सहायता (#11103)

हे प्रभु, हे मेरा ईश्वर ! तिमी नै मेरा आशा हौ र तिमी नै मेरो परमपिय्र हौ, मेरो सर्वोच्च ध्यये र मेरो आकांक्षा हौ । अत्यन्त विनम्रता र पूर्ण भक्तिभावले म तिमीसित प्रार्थना गर्दछु कि मलाई आफ्नो क्षेत्रमा तिम्रो ज्ञानको दीपक बनाऊ र आफ्नो साम्राज्यमा दिव्य अनुग्रहको ध्वजावाहक बनाऊ । 

मेरो गणना तिम्रा ती सेवकहरूमध्ये गराऊ जो तिमीबाहेक अरू सारा वस्तुहरूबाट अलग भइसकेका छन्, जसले आफूहरूलाई यो संसारका लौकिक वस्तुहरूबाट मुक्त गराइसकेका छन् र जसले सन्देह र अनास्थाका दोषहरूबाट आफूहरूलाई स्वतन्त्र गराइसकेका छन् । आफ्नो अधिराज्यबाट आफ्नो धर्मको शक्तिद्वारा मेरो हृदयलाई आनन्दमग्न बनाऊ र आफ्नो सर्व–व्यापी गौरवको साम्राज्यबाट एकको पछि अर्को गर्दै ममाथि ओर्लिरहेका अनगिन्ती दिव्य सहायताको दर्शन गराएर मेरा आँखाहरूलाई ज्योतिर्मय बनाऊ । निःसन्देह तिमी सर्व–शक्तिमान्, सर्व–गौरवशाली, सबैलाई वशमा राख्नेवाला हौ ।

-`Abdu'l-Bahá
-----------------------

सहायता (#11104)

हे ईश्वर, मेरा ईश्वर ! सबै वस्तुहरूबाट अनाशक्तिको प्यालालाई मेरा लागि भरिदेउ र तिम्रा प्रताप र उपहारको भेलाामा तिम्रो प्रेमको मदिराद्वारा मलाई हर्षित बनाऊ । स्वार्थ र कामनाको आक्रमणबाट मलाई मुक्त गराऊ, मत्र्यलोकका बन्धनहरूबाट मलाई स्वतन्त्र गराऊ, वैकुण्ठलोकको परमानन्दतिर मलाई आकर्षित गराऊ र तिम्रा सेवकहरूको बीचमा पवित्रताको उच्छ्वासद्वारा मलाई पुनर्जीवित गराऊ । 

हे प्रभु ! तिम्रा उपहारहरूको प्रकाशले मेरो अनुहारलाई चम्किलो पार, सबैलाई वशमा राख्ने तिम्रो शक्तिका चिन्हहरूको दर्शन गराएर मेरा आँखालाई चम्किलो पार, सबै वस्तुहरूलाई ढाक्ने तिम्रो ज्ञानको महिमाद्वारा मेरो हृदयलाई खुशी पार, आत्मालाई पुनर्जीवित गर्ने अपार आनन्ददायी सन्देशहरूद्वारा मेरो आत्मालाई प्रफुल्लित गराऊ, हे तिमी, यो लोक तथा उध्र्वलोकका सम्राट्, हे तिमी, साम्राज्य तथा शक्तिका स्वामी ! ताकि तिम्रा चिन्हहरू तथा प्रमाणहरूलाई म चारैतिर पैmलाउन सकूँ, तिम्रो धर्मको घोषणा गर्न सकूँ, तिम्रा शिक्षाहरूको प्रवर्धन गर्न सकूँ, तिम्रो कानूनको पालना गर्न सकुँ, र तिम्रो उपदेशको महिमा गाउन सकूँ  । 

तिमी साँच्चै नै शक्तिशाली, सदा–दानी, सक्षम, सर्व– व्यापी छौ ।

-`Abdu'l-Bahá
-----------------------

