संरक्षण (#11145)

हे प्रभु, मेरा ईश्वर, तिम्रो स्तुति होस् ! तिमी जान्दछौ र देख्दछौ कि मैले तिम्रा सेवकहरूलाई तिम्रा उपहारहरू भएको दिशाबाहेक अन्त कतैतिर पनि उन्मुख नहुन आह्वान गरेको छु र तिमीले आफ्नो अटल उद्देश्य र अज्ञेय आज्ञाबमोजिम पठाएको त्यो अत्यन्त स्पष्ट ग्रन्थमा तिमीले उल्लेख गरेका नियमहरू बाहेक अरू केहीलाई पनि पालन नगर्ने आज्ञा गरेको छु । 

हे मेरा प्रभु, तिम्रो अनुमतिबिना म एउटा शब्द पनि उच्चारण गर्न सक्दिन र तिम्रो आदेश नपाउन्जेलसम्म कुनै पनि दिशामा अघि बढ्न सक्दिन । हे मेरा ईश्वर, त्यो तिमी नै हौ जसले आफ्नो शक्तिको सामथ्र्यद्वारा मलाई जीवन प्रदान गर्यौ र आफ्नो धर्मलाई प्रकट गराउनकै लागि आफ्नो कृपाद्वारा मलाई प्रदीप्त गरायौ । त्यसको लागि मैले अति धेरै दुःख–कष्टहरू झेल्नु परिरहेको छ जसले मेरो वाणीलाई तिम्रो प्रशंसा गर्न र तिम्रो महिमा गाउन नसक्ने गराइदिएको छ । 

हे मेरा परमेश्वर, सारा स्तति तिम्रै होस् । तिमा आज्ञा र तिम्रो प्रभुसत्ताको शक्तिद्वारा तिमीले मलाई दिएका वस्तुहरूको लागि म तिमीसित याचना गर्दछु कि म स्वयंलाई र तिम्रो प्रेमको खातिर मलाई प्रेम गर्ने ती सबैलाई सरंक्षण प्रदान गर र हामी सबैलाई तिम्रो धर्ममा दृढ बनाइदेऊ । हे मेरा प्रभु ! तिम्रो शक्तिको शपथ खाएर म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो सेवकको लाजलाई तिमीबाट पर्दाले जस्तै ढाकिदेऊ । तिमीलाई चित्रुमा नै उसको गौरव छ । तिम्रो नामको शक्तिद्वारा सुसज्जित भएपछि कसैले पनि मलाई बिगार्न सक्दैन र मेरो हृदयमा तिम्रो प्रेमले बास गरिन्जले सम्म ससांरका सारा दु:खकष्टहरूले पनि मलाई विचलित पार्न सक्ने छैन । 

अतः हे मेरा प्रभु ! ममाथि र मेरा प्रियजनमाथि त्यस्ता कुराहरूको वृष्टि गरिदेऊ जसले हामी सबैलाई तिम्रो सत्यलाई  अस्वीकार गर्नेहरू तथा तिम्रा चिन्हहरूमा अविश्वास गर्नेहरूका दुष्कर्महरूबाट रक्षा गरून् । 

निश्चय नै तिमी सर्व–गौरवशाली, सबभन्दा कृपालु छौ । 

 
 
 
तिम्रो जय होस्, हे प्रभु मेरा ईश्वर ! यो तिम्रो सेवक हो जसले तिम्रो कृपाको करकमलबाट तिम्रो कोमल दयाको अमृत चाख्न पाएको छ तर तिम्रा दिनहरूमा तिम्रो प्रेम अनुभव गर्न पाएको छ । दु:खकष्टहरूले जसलाई तिम्रो पे्रम प्राप्त गर्न र तिम्रो दशर्न गर्नबाट रोक्न सकेका छैन र बेवास्ता गर्नेहरूको भीडले जसलाई तिम्रो सदिच्छाको मार्गबाट विचलित गराउन सकेको छैन, तिम्रा नामहरूलाई प्रतिबिम्बित गर्ने तिम्रा तिनै अवतारहरूद्वारा म तिमीसित प्रार्थना गर्दछु कि आफ्नो सेवकलाई तिमी आफ्नो अधीनमा भएका उत्तम वस्तुहरू प्रदान गर र उसलाई यति माथि उठाइदेऊ कि उसले संसारलाई निमेषभरमा नै बिलीन भएर जाने छायाँजस्तो पाओस् । 

हे मेरा ईश्वर, आफ्ना अनन्त वैभवका शक्तिद्वारा तिमीलाई अप्रिय लाग्ने सारा वस्तुहरूबाट पनि उसलाई सुरक्षित गराइदेऊ । वस्तुतः तिमी उसका अधिपति र सारा लोकहरूका अधिपति हौ । 

 
 
 
तिम्रो जय होस्, हे प्रभु, मेरा ईश्वर ! जुन नामद्वारा त्यो शुभ मुहूर्त आइपुगेको छ, पुनरावर्तन भएको छ र जसको कारणले गर्दा पृथ्वी र स्वर्गका सारा बासिन्दाहरू भय विस्मित भएर थर्कमान भएका छन् तिम्रो त्यही नामद्वारा म तिमीसित प्रार्थना गर्दछु कि आफ्नो दयाको आकाशबाट तथा आफ्नो कोमल करुणाको मेघबाट प्रचुर वृष्टि गरिदेऊ जसले तिम्रा ती सेवकहरूका हृदयलाई प्रफुल्लित गराओस्, जो तिमीतिर उन्मुख भएका छन् र तिम्रो धर्मको सेवा गरिरहेका छन् । 

हे मेरा प्रभु ! आफ्ना सेवक तथा सेविकाहरूलाई व्यर्थ कल्पनाहरू तथा मिथ्या विचारहरूबाट रक्षा गर र आफ्नो कृपाको हातले तिम्रो ज्ञानको स्रोतबाट कलकल गर्दै बगिरहेको एक अञ्जली पानी तिनलाई सेवन गराऊ । 

साँच्चै नै तिमी सर्व–शक्तिमान्, सर्वोच्च, सदा–दानी तथा सर्व–कृपालु छौ ।

-Bahá'u'lláh
-----------------------

संरक्षण (#11146)

हे ईश्वर, मेरा ईश्वर ! तिम्रो प्रेमको डोरी दरिलोसगँ समातेर म आफ्नो घरबाट बाहिर निस्केको छु र मैले आफूलाई पूर्णत : तिम्रै हेर चाह तथा तिम्रै शरणमा समपिर्त गरिसकेको छु । आफ्ना प्रियजनहरूलाई तिम्रा आज्ञाहरूको उल्लघं नगर्ने अवसरवादी र कुमार्गीहरूबाट तथा प्रत्यके दुष्कर्मी र अत्याचारीहरूबाट तथा मार्ग–भ्रष्ट भएर तिमी देखि टाढा–टाढा भौंतारिने दुष्कर्मीहरूदेखि बचाएर रक्षा गर्ने परम शक्तिद्वारा, म तिमीसँग अत्यन्त विनम्रता पूर्वक प्रार्थना गर्दछु कि तिम्रो दया तथा आशीर्वादद्वारा मलाई सुरक्षित राख । फेरि, आफ्नो परम शक्ति तथा महान् बलद्वारा मलाई मेरो घर फर्कनमा समर्थ बनाऊ । साँच्चै नै तिमी सर्व– शक्तिमान्, संकटमा तारणहारा तथा आत्मनिर्भर छौ ।

-Bahá'u'lláh
-----------------------

संरक्षण (#11147)

हे ईश्वर, मेरा ईश्वर ! तिम्रा विश्वासिला सेवकहरूलाई स्वार्थ र कामनाको खराबीबाट रक्षा गर,  सबै किसिमका द्वेष, घृणा र इर्श्याबाट तिम्रो प्रेमाद्र–दयाको सचते दृष्टिद्वारा उनीहरूलाई संरक्षण गर, तिम्रो हेरचाहको अजेय किल्लामा उनीहरूलाई आश्रय देऊ र शंकाका वाणहरूबाट सुरक्षित राखी तिम्रा गौरवशाली चिन्हहरूको प्रतीक बनाऊ, तिम्रो दैवी एकताको सूर्यबाट फैलिएका तेजिला किरणहरूद्वारा उनीहरूका अनुहारलाई उज्यालो बनाइदेऊ, तिम्रो पवित्र अधिराज्यबाट प्रकट भएका श्लोकहरूद्वारा उनीहरूको हृदयलाई आनन्दित गराऊ, तिम्रो गौरवमय साम्राज्यबाट प्रवाहित अतुलनीय शक्तिले उनीहरूको कम्मर दह्रो बनाऊ । तिमी नै सर्व–दानी, रक्षक, सर्व–शक्तिमान्, दयालु हौ ।

-`Abdu'l-Bahá
-----------------------

संरक्षण (#11148)

हे मेरा प्रभु ! तिमी जान्दछौ कि मानिसहरू दुःखकष्ट र विपत्तिहरूबाट घेरिएका छन् तथा विभिन्न कठिनाइ र समस्याद्वारा सताइएका छन् । थरिथरिका परीक्षाहरूले मानिसलाई आक्रमण गरिरहेका छन् र सर्पले जस्तै विषम परिस्थितिहरूले उसलाई डसिरहेका छन् । तिम्रो बलियो पखेटामुनिको रेखदेख, सुरक्षा, संरक्षण र आरक्षणबाहेक उसको लागि अर्को आश्रय र शरणस्थल छैन । 

हे करुणानिधान, हे स्वामी ! आफ्नो सुरक्षालाई मेरो कवच बनाइदेऊ । आफ्नो संरक्षणलाई मेरो ढाल, आफ्नो एकताको ढोका सामुन्ने मेरो विनम्रतालाई मेरो अङ्गरक्षक र तिम्रो शरणस्थल तथा सुरक्षा व्यवस्थालाई मेरो किल्ला र आश्रम बनाइदेऊ । स्वार्थ र वासना उत्पन्न गराउने कुराहरूबाट मलाई रक्षा गर र हरेक प्रकारको रोग, व्याधि, परीक्षा, समस्या र संकटबाट मलाई बचाऊ । 

निश्चय नै तिमी संरक्षक, अभिभावक, आरक्षक, रक्षक, पालनहारा हौ र निश्चय नै तिमी दयालुहरू मध्येका पनि सबभन्दा दयालु हौ ।

-`Abdu'l-Bahá
-----------------------

