बैठक (#11117)

तिम्रो जय होस्, हे प्रभु मेरा ईश्वर ! तिम्रो कृपाबाट बगेको हावाका झोँकाहरूद्वारा तथा तिम्रो उद्देश्यका दिवा–स्रोतहरू र तिम्रो प्रेरणाका उद्गमस्थलहरूको नामद्वारा म तिमीसित याचना गर्दछु कि ममाथि र तिम्रा दर्शनाभिलाषीहरू सबैमाथि त्यस्ता कुराहरूको वृष्टि गरिदेऊ जुन तिम्रो दया र प्रचुर कृपाहरू अनुरूप छन् तथा तिम्रा आर्शीवाद र अनुकम्पाहरू अनुकूल छन् । हे मेरा प्रभु ! म गरिब र एक्लो छु, मलाई तिम्रो द्रव्यको महासागरमा डुबाऊ; म तिर्खाएको छु, मलाई तिम्रो प्रेमार्द्र–दयाको जीवनदायिनी जल पिउन देऊ । 

तिमी स्वयंद्वारा र उनीद्वारा जसलाई तिमीले तिमी स्वयंको अवतार नियुक्त्त गर्यौ र स्वर्ग र पृथ्वीमा भएभरका लागि तिमीले प्रकट गरेका विशिष्ट वाणीद्वारा म तिमीसित याचना गर्दछु कि तिम्रा सेवकहरूलाई तिम्रो अनुग्रहयुक्त दैवी विधानको रुखको छाहारीमा एकत्रित गराऊ । तिनलाई यसका फलहरू उपयोग गर्न सक्ने, तिनका कानहरूलाई यसका पातहरूको सरसराहट र त्यसका हाँगाहरूमा बसेर गीत गाउने कोइलीको मीठो स्वर सुन्न सक्ने बनाऊ । 

निश्चयमेव, तिमी संकटमोचक, अगम, सर्व–शक्तिमान्, सर्व कृपालु छौ ।

-Bahá'u'lláh
-----------------------

बैठक (#11118)

हे तिमी करुणामय ईश्वर ! हे तिमी जो शक्तिमान् र सामर्थ्यवान् छौ । हे तिमी अति दयालु पिता ! तिमीतिर अभिमखु भई, तिम्रो सघांरमा पुग्ने कामना गर्दै र तिम्रो महान् आश्वासनबाट तिम्रो असीमित कृपाको चाहना गर्दै यी सेवकहरू भेला भएका छन् । तिम्रो सदिच्छा पूरा गर्न बाहेक यिनीहरूको अरू कुनै उद्देश्य छैन । मानव संसारको सेवा गर्न बाहेक यिनीहरूको अरू कुनै आकांक्षा छैन । 

हे प्रभु ! यस समूहलाई आलोकित गराऊ । यिनीहरूको हृदयलाई करुणामय बनाऊ । उनीहरूमाथि पवित्रात्माका अनुकम्पाहरूको वृष्टि गर । यिनीहरूलाई स्वर्गीय शक्तिद्वारा सुसज्जित गर । यिनीहरूलाई स्वर्गीय हृदयले सुशोभित पार । यिनीहरूको निष्ठालाई बढाइदेऊ ताकि पूर्ण विनम्रता र भक्तिभावसित यिनीहरू तिम्रो साम्राज्यतर्फ  अभिमुख होऊन् र मानव संसारको सेवामा व्यस्त होऊन् । यिनीहरू प्रत्येक एउटा प्रकाशवान् दीपशिखा र एउटा चम्किलो तारा बनून् । ईश्वरको अधिराज्यमा यिनीहरू हरेक सुन्दर वर्णको र सुगन्धयुक्त फूल बनून् । 

हे दयालु पिता ! तिम्रो आशीर्वाद प्रदान गर । हाम्रा दोषहरूमाथि ध्यान नदेऊ । तिम्रो संरक्षणमा हामीलाई आश्रय देऊ । हाम्रा पापहरूलाई क्षमा गरिदेऊ । तिम्रो करुणाद्वारा हामीलाई रोगमुक्त गरिदऊे । हामी निबर्ल छौं; तिमी सबल छौ । हामी दरिद्र छौं, तिमी सम्पन्न छौ । हामी रोगी छौं, तिमी वैद्य हौ । हामी अभावग्रस्त छौं; तिमी अति उदार छौ । हे ईश्वर ! हामीलाई तिम्रो कृपाको पात्र बनाऊ । तिमी शक्तिमान् छौ । तिमी दाता हौ । तिमी परोपकारी छौ ।

-`Abdu'l-Bahá
-----------------------

बैठक (#11119)

हे दयालु स्वामी ! यिनीहरू तिम्रा सेवक हुन् जो यस सभामा एकत्रित भएका छन्, तिम्रो अधिराज्यतर्फ  अग्रसर भएका छन् र तिम्रा आशीर्वादहरू र उपहारहरू प्राप्त गर्न इच्छुक छन् । हे प्रभु ! तिम्रा एकताका संकेतहरूलाई प्रत्यक्ष देखिने गरी प्रमाणित गराइदेऊ जुन जीवनका सबै यथार्थहरूमा अन्तर्निहित गराइएका छन् । ती सद्गुणहरूलाई प्रकट र साक्षात् गराइदेऊ जसलाई तिमीले यी मानवीय यथार्थहरूमा अदृश्य रूपमा अन्तर्निहित गराएका छौ । 

हे प्रभु ! हामी कलिला बेर्नाहरूजस्ता छौं र तिम्रो कृपा वर्षाको पानी जस्तो हो, तिम्रो उपहारद्वारा यी बेर्नाहरूलाई ताजा गराऊ र बढ्नमा मद्दत गर । हामी तिम्रा सेवकहरू हौं; हामीलाई भौतिक बन्धनहरूबाट मक्तु गराऊ । हामी अज्ञानी छौं ज्ञानी बनाइदऊे । हामी मृत छौं, हामीलाई जीवित गराऊ । हामी जडपदार्थ हौं, हामीमा चेतना भरिदऊे । हामी वञ्चित छौं, हामीलाई तिम्रा रहस्यहरू बुझ्न सक्ने बनाऊ । हामी अभावग्रस्त छौं, तिम्रो अपार ढुकुटीबाट हामीलाई सम्पन्न र धनाढ्य बनाइदेऊ । हे प्रभु ! हामीलाई पुनर्जीवन प्रदान गर, हामीलाई दृष्टि देऊ, हामीलाई श्रवणशक्ति देऊ, हामीलाई जीवनका रहस्यहरूसित परिचित गराऊ ताकि अस्तित्वको यो लोकमा नै तिम्रो दैवी लोकका रहस्यहरूलाई हामी जान्न सकौँ र तिम्रो एकतालाई स्वीकार गर्न सकौँ । प्रत्येक उपहारका दाता तिमी नै हौ र हरके आशिष्का दाता पनि तिमी नै हौ । तिमी शक्तिशाली छौ । 

तिमी सामथ्र्यवान् छौ । तिमी नै दाता हौ र तिमी नै सदा– कृपानिधान छौ ।

-`Abdu'l-Bahá
-----------------------

बैठक (#11120)

हे मेरा ईश्वर, हे मेरा ईश्वर ! तिम्रो कृपाको साम्राज्य अघि विनम्र भई तिम्रा यी सेवकहरू साँच्चै नै तिमीतिर उन्मुख भएका छन् । साँच्चै नै यी तिम्रो पवित्रताद्वारा आकषिर्त भएका छन्, तिम्रो प्रेमको अग्निद्वारा प्रदीप्त भएका छन् र तिम्रो दिव्यलोकमा प्रवेश पाउनको लागि तिम्रो अद्भूत साम्राज्यको अनुमति मागिरहेका छन् । साँच्चै नै यिनीहरू तिम्रा उपहारहरूका अभिलाषी छन् तथा तिम्रो यथार्थको सूर्यबाट प्रकाश प्राप्त गर्न चाहन्छन् । हे प्रभु ! यिनीहरूलाई देदीप्यमान दीपकहरू, दयाका संकेतहरू, फलदायक वृक्षहरू र चम्किरहेका ताराहरू बनाइदेऊ । 

यस्तो वरदान देऊ कि यिनीहरू तिम्रा सेवक हुन सकून् र तिम्रो अनुग्रहको प्रकाश चाहना गर्दै तिम्रो प्रेमका बन्धन तथा कडीहरूद्वारा तिमीसित बाँधियून् । हे प्रभु ! यिनीहरूलाई मार्गदर्शनका चिन्हहरू, तिम्रो अमर साम्राज्यका मापदण्डहरू, तिम्रो कृपाको समुद्रका लहरहरू र तिम्रो वैभवको ज्योति प्रतिबिम्बित गर्ने ऐनाहरू बनाइदेऊ । 

साँच्चै नै, तिमी दाता हौ र साँच्चै नै तिमी क्षमाशील छौ । साँच्चै नै तिमी अनमोल छौ, सर्व–प्रिय छौ ।

-`Abdu'l-Bahá
-----------------------

बैठक (#11121)

हे क्षमाशील प्रभु ! यी सेवकहरू तिम्रो साम्राज्यतर्फ अभिमुख छन् र तिम्रो अनुग्रह तथा दयाका अभिलाषी छन् । 

हे प्रभु ! उनीहरूका हृदयलाई असल र पवित्र बनाइदेऊ; ताकि तिनीहरू तिम्रो प्रेमको लागि योग्य बन्न सकून् । 

तिनीहरूका आत्मालाई स्वच्छ र निर्मल बनाइदेऊ ताकि तिनीहरू माथि तिम्रो यथार्थको सूर्यको प्रकाश चम्कन सकोस् । 

तिनका आँखाहरूलाई स्वच्छ र निमर्ल बनाइदेऊ ताकि तिनीहरूले तिम्रो प्रकाश देख्न सकून् । कानलाई स्वच्छ र निर्मल बनाइदेऊ ताकि तिनीहरूले तिम्रो साम्राज्यबाट आएको आह्वानलाई सुन्न सकून् । हे प्रभु ! साँच्चै नै हामी कमजोर छौं  तर तिमी शक्तिशाली छौ । साँच्चै नै हामी निधर्न छौं, तर तिमी सम्पन्नछौ । हामी साधक हौं, अनि तिमी हाम्रा साध्य हौ । हे प्रभु ! हामी माथि करुणा राख र हामीलाई क्षमा गर; हामीलाई क्षमता र तत्परता प्रदान गर ताकि यस आलोकमय शताब्दीमा हामी तिम्रा अनुकम्पाहरूको योग्य बन्न सकौं, तिम्रो साम्राज्यप्रति आकृष्ट हुन सकौं, तिम्रो प्रेमको अग्निबाट प्रज्ज्वलित हुन सकौं तथा तिम्रो पवित्र आत्माको श्वासबाट पुनर्जीवन  प्राप्त गर्न सकौं । 

तिमी शक्तिशाली छौ, तिमी सर्व–सम्पन्न छौ, तिमी करुणामय छौ, अनि तिमी अति उदार छौ ।

-`Abdu'l-Bahá
-----------------------

बैठक (#11122)

हे दैवी विधाता ! यो सभामा तिम्रा मित्रहरू जम्मा भएका छन् जो तिम्रो सौन्दर्यद्वारा आकर्षित भएका छन् र तिम्रो प्रेमको अग्निद्वारा प्रदीप्त भएका छन् । यिनीहरूलाई स्वर्गका परी बनाइदेऊ र पवित्र आत्माको श्वासद्वारा यिनीहरूमा नयाँ जीवन भरिदेऊ । यिनीहरूलाई स्पष्ट वाणी र दृढ संकल्प तथा स्वर्गको शक्ति र करुणामय ग्रहणशीलता प्रदान गर । यिनीहरूलाई मानव एकताका उदघोषक र मानव जगतमा एकता र मेलमिलापका कारण बनाइदेऊ ताकि सत्यको सूर्यको प्रकाशले अज्ञानी पक्षपातको निष्पट्ट अँध्यारोलाई हटाइदेओस् र यो उदास विश्व झलमल्ल बनोस्, यो भौतिक जगत्लाई चेतनाको लोकका किरणहरूले छुन सकोस्, यी विभिन्न रंगहरू मिलेर एउटै रंग बनोस् र प्रशंसाको मधुर गीत तिम्रो पवित्र अधिराज्यको उचाइसम्म सुन्न सकियोस् । 

निश्चयमवे तिमी सर्व–शक्तिमान् र सर्वोपरी छौ ।

-`Abdu'l-Bahá
-----------------------

