अटलता (#11160)

तिम्रो नामको स्तुति होस्, हे प्रभु, मेरा ईश्वर ! सृष्टि गरिएका समस्त वस्तुहरूलाई धारण गर्ने तिम्रो शक्तिद्वारा र तिम्रो सृष्टिभन्दा श्रेष्ठ तिम्रो सार्वभौमसत्ताद्वारा र तिम्रो शब्दद्वारा जुन तिम्रो बुद्धिमा लुकेको थियो र जसद्वारा तिमीले आफ्नो स्वर्ग तथा आफ्नो पृथ्वीलाई सृष्टि गर्यौ, म याचना गर्दछु  कि हामीलाई तिमीप्रतिको प्रेममा र तिम्रो इच्छाको आज्ञापालनमा अडिग रहन र तिम्रो मुहारमा आफ्नो दृष्टि स्थिर राख्न र तिम्रो गौरवको गुणगान गर्न सक्षम बनाऊ । त्यसैले, हे मेरा ईश्वर, देश विदेशमा तिम्रा प्राणीहरूबीच तिम्रा चिन्हहरू संरक्षण गर्न हामीलाई शक्ति प्रदान गर । तिमी सधैँ  तिम्रा कुनै पनि प्राणीको स्तुतिबाट स्वत्रन्त्र छौ र सदा–सर्वदा तिमी जस्तो छौ त्यस्तै रहिरहने छौ । 

तिमीमा नै मैले आफ्नो सम्पूर्ण आत्मविश्वास समर्पण गरेको छु, आफ्नो अनुहार तिमीतिर नै फर्काएको छु, तिम्रो प्रेमपूर्ण कृपाको डोरीलाई बलियोसँग समातेको छु र तिम्रो करुणाको छायाँतिर लम्केको छु । तिम्रो ढोकाबाट निराश बनाई मलाई नहुत्याऊ, हे मेरा ईश्वर, मलाई तिम्रो अनुग्रहबाट वञ्चित नगराऊ किनकि म केवल तिमीलाई मात्र चाहन्छु । सदा क्षमाशील, परमदानी तिमीबाहेक अन्य कोही ईश्वर छैन । 

तिम्रो स्तुति होस्, हे तिमी जो तिमीलाई चिन्नेहरूका अति प्रिय छौ ।

-Bahá'u'lláh
-----------------------

अटलता (#11161)

हे प्रभु ! तिम्रो सामीप्य मेरो आकांक्षा हो, तिम्रो उपस्थिति मेरो आशा हो, तिम्रो स्मरण मेरो अभिलाषा हो, तिम्रो ज्योतिर्मय दरबार मेरो लक्ष्य हो, तिम्रो आलय मेरो गन्तव्य हो, तिम्रो नाम मेरो उपचार हो, तिम्रो प्रेम मेरो हृदयको प्रकाश हो, तिम्रो सेवा मेरो सर्वोच्च अभिलाषा हो । जुन नामद्वारा तिमीले आफ्ना भक्तहरूलाई तिम्रो ज्ञानको सर्वोच्च शिखरहरूमा उडन् समर्र्थ बनायौ र भक्तिपूर्वक तिम्रो उपासना गर्नेहरूलाई तिम्रो पवित्र आशिषको दरबारको प्रांगणमा उक्लन सक्ने गरायौ, तिम्रो त्यही नामद्वारा म तिमीसित याचना गर्दछु कि तिमी मलाई आफ्नो अनुहार तिम्रो मुहारतर्फ फर्काउन, मेरा नेत्रहरूलाई तिमीमा केन्द्रित गराउन र तिम्रो गौरवको गाथा गाउन सहायता गर । 

हे प्रभु ! म त्यो व्यक्ति हूँ जसले तिमीबाहके अन्य सबैलाई भुलिसकेको छ र जो तिम्रो कृपाको दिवास्रोततर्फ लागेको छ र जसले तिम्रो दरबारको समीपमा पुग्ने आशामा तिमीबाहेक अन्य सबैलाई त्यागिसकेको छ । तसर्थ मेरा आँखाहरूलाई तिम्रो मुहारको प्रकाशबाट जगमगाइरहने त्यस सिंहासनतर्फ केन्द्रित गराउनमा मलाई सहायता गर र ममाथि ती कुराहरूको वृष्टि गर, हे मेरा परमप्रिय, जसले मलाई तिम्रो धर्ममा अडिग बन्न सहायता गरोस् ताकि अविश्वासीहरूको सन्देहले पनि मलाई तिमीतिर उन्मुख हुनमा बाधा दिन नसकोस् । साँच्चै नै तिमी शक्तिको देवता, संकटमोचक, सर्व–गौरवशाली, सर्व–शक्तिमान् छौ ।

-Bahá'u'lláh
-----------------------

अटलता (#11162)

हे प्रभु, मेरा स्वामी ! तिम्रो जय जय होस् ! तिम्रो सत्यको खण्डन गर्ने तिम्रा विरोधिहरूद्वारा निमर्मतापूर्र्वक सताइएका र कुनै पनि जिब्रोले बखान गर्न नसक्ने दुःख सास्तीको शिकार बनेका तिम्रो अत्यन्त महान् नामका वाहक जो हुन् उनको नाम लिएर म तिमीसित प्रार्थना गर्दछु कि मलाई यस्तो वरदान देऊ ताकि तिम्रो सौन्दर्यबाट सबै विमुख भइरहेका, तिमीसित वाद–विवाद गरिरहेका र तिम्रो धर्मका प्रकटकर्तालाई अवहेलना गर्दै उनीबाट पनि सबै विमुख भइरहेका, यी दिनहरूमा म तिम्रो गुणगान गर्न र तिम्रो सम्झनामा उत्सव मनाउन सकूँ । हे मेरा प्रभु ! तिम्रो सहायताको लागि उठ्ने तिमीबाहके अर्को कोही छैन र तिम्रो आफ्नै शक्तिबाहेक अर्को कुनै शक्ति छैन । 

म तिमीसित प्रार्थना गर्दछु कि मलाई तिम्रो सम्झनामा स्थिर र तिम्रो प्रेममा अडिग रहन सहायता गर किनकि वस्तुतः यो तिम्रो वशमा भएको कुरा हो । म भित्र जे छन् तिनलाई तिमी राम्ररी जान्दछौ । वास्तवमा तिमीबाट कुनै कुरा लुकेको छैन । हे मेरा प्रभु ! तिम्रो मुखमण्डलको ज्योतिको प्रताप देख्नबाट मलाई वञ्चित नगराऊ जसको चमकद्वारा सारा विश्व जगमगाइरहेको छ । सर्व–शक्तिशाली, सर्व–गौरवशाली, सदा क्षमादानी तिमीबाहेक अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

अटलता (#11163)

हे प्रभु मेरा ईश्वर ! पश्चाताप गर्दै म तिमीतिर फर्केकोछु र निश्चय नै तिमी क्षमाशील, करुणामय छौ । 

हे  प्रभु मेरा परमात्मा ! म फकर्रे फेरि तिम्रोमा आएको छु । निश्चय नै तिमी कृपालु र सदा क्षमादानी छौ । हे प्रभु, मेरा स्वामी ! म तिम्रो प्रचुर दयाको डोरी समातेर बसेको छु र पृथ्वी र स्वर्गमा भएका सारा  वस्तुहरूको ढुकुटी तिम्रो हातमा छ । 

हे ईश्वर, मेरा परमेश्वर ! म तिमी भएको ठाउँमा पुग्न हतारिएको छु र साँच्चै नै तिमी क्षमाशील र असीमित कृपाका स्वामी हौ । 

हे प्रभु, मेरा प्रभु ! मलाई तिम्रो कृपाको अलौकिक अमतृ सवन गर्ने इच्छा छ र वस्तुत: तिमी नै दाता,  दयावान्, कृपानिधान, सर्व–शक्तिमान् छौ । 

हे प्रभु, मेरा ईश्वर ! म साक्षी दिन्छु कि तिमीले आफ्नो धर्म प्रकट गर्यौ, आफ्नो प्रतिज्ञा पूरा गर्यौ र तिम्रो कृपाको स्वर्गबाट त्यो कुरा पठायौ जसले तिम्रा भक्तजनका हृदयलाई तिमीतिर आकर्षित गरेको छ । जसले तिम्रो भव्य वस्त्रको फेरलाई समातेको छ र तिम्रो अत्यन्त बलियो डोरीलाई पक्डेको छ उसको कल्याण होस् । 

हे समस्त प्राणीहरूका अधिपति र गोचर तथा अगोचर सबैका सम्राट् ! तिम्रो शक्ति, तिम्रो भव्यता र तिम्रो सत्ताद्वारा म तिमीसित प्रार्थना गर्दछु कि तिम्रो गौरवशाली कलमद्वारा मेरो नाम पनि तिम्रा ती भक्तहरूको नामावलीमा अंकित गरिदेऊ जसलाई तिम्रो मुखमण्डलको प्रकाशतिर लाग्नबाट पापीहरूका तर्कहरूले पनि रोक्न सकेका छैनन्, हे प्रार्थना सुत्र र प्रार्थना मञ्जरु गर्ने प्रभु !

-Bahá'u'lláh
-----------------------

अटलता (#11164)

हे प्रभु, मेरा ईश्वर ! तिम्रा प्रियजनहरूलाई तिम्रो धर्ममा दृढ बन्न, तिम्रो मार्गमा हिंड्न, तिम्रो प्रयोजनमा अडिग रहन सहायता गर । स्वार्थ र कामनाको प्रहारलाई सामना गर्न अनि तिम्रो दैवी मार्गको प्रकाशमा हिंड्न उनीहरूमाथि कृपा राख । तिमी नै शक्तिशाली, दयालु, आत्म–परिपूर्ण, कृपालु, करुणामय, सर्व–शक्तिमान्, सर्व– दानी छौ ।

-`Abdu'l-Bahá
-----------------------

अटलता (#11165)

हे तिमी, मेरा परमेश्वर ! जिज्ञासुहरूलाई सही मार्गतिर डोर्याउने, र भूलको मरुभूमिमा हराएका तथा भड्किएका आत्माहरूलाई उद्धार गर्ने, हे तिमी, जसले अनुयायीहरूलाई आफ्नो महान् कृपा तथा अनुग्रह प्रदान गर्दछन् जसले आत्तिएकाहरूलाई  आफ्नो दुर्भेद्य  आश्रमभित्र संरक्षण दिन्छौ र जसले आफ्नो सर्वोच्च क्षितिजबाट आफूलाई पुकार्दै रुने–कराउनेहरूको क्रन्दन सुन्छौ र प्रत्युत्तर दिन्छौ । 

हे मेरा प्रभु ! तिम्रो जय जयकारहोस् । तिमीले भौंतारिएकाहरूलाई अविश्वासको खाडलबाट निकालरे सोझो बाटो देखाइदियौ, तिम्रो वरिपरि जम्मा भएकाहरूलाई तिनको गन्तव्यमा पुर्याइदियौ, तिम्रा सेवकहरू मध्येबाट छानिएकाहरूलाई तिनका अभीष्ट इच्छाहरू पूरा गरिदिएर हर्षित तुल्यायौ, तिम्रो दर्शन गर्न चाहनेहरूको लागि तिम्रो सौन्दर्यको अधिराज्यमा पुनर्मिलनको ढोका खोलिदियौ र तिनलाई अभाव र क्षतिको अग्निबाट उद्धार गर्यौ ताकि तिनीहरू तिमीतिर लाग्न हतारिऊन्, तिम्रो उपस्थितिमा पुग्न सकून्, तिम्रो सबैलाई स्वागत गर्ने फाटकमा आइपुगुन् र उपहारहरूको थुप्रोबाट आफ्नो अंश प्राप्त गर्न सकून् । 

हे मेरा प्रभु ! तिनीहरू तिर्खाएका थिए, तिमीले तिनका सुकेका ओंहरूमा पुनर्मिलको जल राखिदियौ, हे करुणामय, हे दाता ! तिम्रो कृपा र दयाद्वारा तिमीले तिनका घाउमा मल्हम–पट्टी गरिदियौ र तिनका रोग–व्याधिलाई तिम्रो करुणाको उत्तम औषधिद्वारा निको पारिदियौ । हे स्वामी ! त्यो सोझो बाटोमा तिनका गोडाहरूलाई दह्रो बनाइदेऊ, तिनीहरूको लागि सियोको नाथ्रीलाई फराकिलो बनाइदेऊ र तिनलाई राजकीय पोशाक लगाएर सदा सर्वदा त्यो बाटोमा गौरवका साथ हिँड्न सक्ने बनाइदेऊ । 

निश्चयमेव, तिमी अति उदार हृदय, सदा–दानी, अनुपम, सर्व–कृपालु छौ । शक्तिशाली, बलवान्, महामहिम, विजयी, तिमीबाहके अर्को ईश्वर छैन ।

-`Abdu'l-Bahá
-----------------------

अटलता (#11166)

हे करुणामय ईश्वर ! तिमी धन्य हौ  किनकि तिमीले मलाई ब्युँझाएर चैतन्य गरायौ । तिमीले मलाई दृष्टिशक्ति र श्रवणशक्तिद्वारा सम्पन्न गरायौ, मलाई तिम्रो अधिराज्यमा प्रवेश गरायौ र तिम्रो मार्गतिर अग्रसर गरायौ । तिमीले मलाई सही बाटो देखायौ र मलाई मोक्षको यानमा प्रवेश गरायौ । 

हे प्रभु ! मलाई अडिगता प्रदान गर र मलाई एउटा दृढ र विश्वासी सेवक बनाइदेऊ । कठोर परीक्षाहरूबाट मेरो रक्षा गर र तिम्रो संविदा र प्रमााणहरूको दुर्भेद्य किल्लामा आश्रय दिएर मलाई संरक्षण देऊ । तिमी शक्तिमान् छौ, तिमी द्रष्टा हौ ! तिमी श्रोता हौ । हे तिमी करुणामय प्रभु ! मलाई यस्तो हृदय प्रदान गर जसले एउटा स्वच्छ ऐनाले जस्तै तिम्रो प्रेमको प्रकाशलाई प्रतिबिम्बित गरोस् र यस्तो भावना प्रदान गर जसले आध्यात्मिक कृपाद्वारा समस्त संसारलाई एउटा गुलाबको उद्यानमा परिणत गरिदेओस् । 

तिमी करुणामय हौ, तिमी क्षमाशील हौ ! तिमी नै त्यो महान् कल्याणकारी ईश्वर हौ ।

-`Abdu'l-Bahá
-----------------------

अटलता (#11167)

हे प्रभु, तिम्रो बाटोमा हिंड्ने हाम्रा पाइलाहरूलाई दह्रो बनाऊ र तिम्रो आज्ञापालनमा हाम्रा हृदयलाई बलियो पार । हाम्रा अनुहारलाई तिम्रो एकताको सौन्दर्यतिर फर्काऊ र तिम्रो स्वर्गीय संयोजनको चिन्हले हाम्रा हृदयलाई आनन्दित पार । हाम्रो शरीरलाई तिम्रो कृपाको आभूषणले सिंगार र हाम्रा आँखाबाट पापको पर्दा हटाऊ र तिम्रो अनुग्रहको प्याला हामीलाई देऊ, ताकि सारा प्राणीहरूको आत्मासारले तिम्रो गरिमाको अन्तर–दर्शनमा तिम्रो जयगान गरून् । हे प्रभु ! आफ्ना करुणामय उच्चारण र आफ्ना स्वर्गीय अस्तित्वका रहस्यद्वारा दर्शन देऊ, ताकि प्रार्थनाको विशुद्ध रागले हाम्रो आत्मा गुञ्जियोस् । यस्तो प्रार्थना जुन शब्द र अक्षरभन्दा पनि माथि, शब्दांश र ध्वनि उच्चारणभन्दा पनि माथि उठोस् र तिम्रो गौरवको दर्शनमा सारा शून्यमा मिसियोस् । 

प्रभु ! यी ती सेवकहरू हुन् जो तिम्रो संविदा र नियममा अडिग र अटल रहेका छन्, तिम्रो धर्ममा दृढताको डोरी बलियोसित समातेका छन् र तिम्रो गौरवको पोशाकको टुप्पोलाई दह्रो गरी समातेका छन् । आफ्नो अनुग्रहले तिनलाई सघाऊ, हे प्रभु ! आफ्नो शक्तिले तिनलाई बल देऊ र तिम्रो आज्ञापालनमा तिनको कम्मर बलियो बनाऊ । तिमी नै छौ क्षमाशील तथा दयावान् ।

-`Abdu'l-Bahá
-----------------------

